सुनको भाउ सोमबार वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।
सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको पनि भाउ बढेको छ । चाँदी सोमबार प्रतितोला ५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।