सरकारले चाड पर्वलाई लक्षित गरेर आजदेखि सुपम मूल्यका पसल सञ्चालनमा ल्याएको छ। दशै तिहार र छटपर्वलाई लक्षित गर्दै विगतका बर्षमा जस्तै यसबर्ष पनि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो।
बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यका सहित देशभर ४७ ठाउँमा सुपर मूल्यका पसल सञ्चालन गरेको जनाएको छ। सुपथ मूल्यका पसलहरु कार्तिक २३ गते सम्म सञ्चालन गर्ने योजना बनाएको विभागले समय थप गर्न सक्ने पनि जनाएको छ।
सुपथ मूल्य पसलमा नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानका उत्पादनहरु पाइने छन्। यसैगरी केही सहकारी संस्थाहरुले पनि आफ्नै तरिकाले सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याएको विभागले जनाएको छ।
सुपथ मूल्य पसलमा चलन चल्तिको मूल्य भन्दा ५ देखि १० प्रतिशतसम्म छुटको ब्यवस्था मिलाइएकाले यसमा सर्वसधारणको आकर्षण बढ्ने विभागको विश्वास छ। साल्ट ट्रेडिङले उपत्यकामा ९ ठाउँमा स्टल र तीनवटा घुम्ती पसल सञ्चालन गर्दैछ। उपत्यका बाहिरका आफ्ना २४ डीपो तथा कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाइएको छ।
खाद्यले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना सञ्जालहरुबाट खाद्य सामग्री वितरण गर्नेछ। विगत वर्षहरुमा खसी तथा च्यांग्रा बिक्री गर्ने गरेको खाद्यले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनेछ। खसीबोकाको बिक्री भने घटस्थापनाबाट मात्रै शुरु हुने उसले जनाएको छ।