कुमारी बैंक लिमिटेडले दसैंलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ। बैंकले विभिन्न आकर्षक सुविधा सहितको ‘टीकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको हो।
उक्त योजनाअन्तर्गत कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा हरेक दिन पहिलो ५०÷५० जनाले २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक पाउने बैंकले जनाएको छ। क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जानकारी दिएको छ।
यो योजना आगामी असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म लागू हुने बैंकले बताएको छ।
बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ इकाइहरूमार्फत सेवामा प्रदान गरिरहेको छ।