माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु छ अर्ब बढीको आवेदन परेको छ ।
यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा साेमबार साँझसम्म छ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने मङ्गलबार प्राप्त हुने कम्पनीले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ । कूल पूँजीको १५ प्रतिशत साधारण शेयर कम्पनीले बिक्री गरेको हो ।
निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता देखिएको हो ।
माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार साेमबार साँझसम्म तीन लाख बढीले आवेदन दिएका छन् । कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।