सहरबजारमा बन्ने घरका भित्ता र भुइँ आकर्षक बनाउन कटिङ ढुंगाको माग बढदो भएपनि पर्वतको जलजलामा रहेका ढुंगाखानी उपभयोगमा आउन सकेका छैनन।
पर्वतको जलजला गाउँपालिका १, ५ र ६ को बाँसखर्क, लेकफाँट र शालिजा तथा मोदी ४ क्याङमा भएका ढुंगाखानीहरु ब्यबसायिक प्रयोजनमा उपयोगमा आउन नसकेका हुन।
ढुंगाखानीबाट निकाल्न सकिने त्यस्तो ढुंगा भने व्यावसायिक तवरले बेचबिखन अझै सुरु भइसकेको छैन। ढुंगाखानीको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिँदा खानी अलपत्र मात्रै छैनन्, स्थानीयवासीको रोजगारीका अवसर र स्थानीय सरकारको स्रोत खेर गएको छ। गाउँपालिकामा रहेका खानीहरु व्यवस्थापन सम्बन्धी नीति बनाए पनि कार्यान्वयन नहुँदा उत्खनन गरेर आम्दानी हुने आशामा बसेका स्थानीय निरास छन्। नेपाल समाचार पत्र दैनिकमा खबर छ।