प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वेला बेला हुने यस्ता महोत्सवले उद्यमशिलताको विकास गर्न मुलुकको रकम विदेश पठाउने माध्याम मात्र भएको बताएका छन।मेला महोत्सवले उद्यमशिलताको विकास गर्न तर्फ लाग्नु पर्ने बताएका छन।
बिहीबारदेखी बुटवलमा शुरू भएको ‘लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै मेला र महोत्सबले नागरिकलाई बढी बोझ बनाएको बताए । व्यापारको विस्तार गर्न पहिला ग्रामीण क्षेत्रको विकास गर्न आवश्यक रहेको पोखरेलले समेत मुख्यमन्त्री पोखरेलले बताए।
नेपालको उद्योग र व्यापार निर्वाहमूखी भएको भन्दै त्यसलाई प्रतिष्पर्धी बनाउन आवश्यक रहेकोमा बताउदै मुलुकको विकास गर्नका लागि सपना देख्न आवश्यक रहेको उनको भनाई थियो । मेला र महोत्सव अर्थतन्त्रको विकास गर्नका उद्यमशिलता आवश्यक छ । होइन भने यस्ता कार्यक्रम अरू कसैका सामग्री विकाउने माध्याम मात्र हुने मुख्यमन्त्रीको भनाई छ ।संघीय सरकारले यसै वर्षदेखि पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खन्न सुरू गर्ने दावी गरे ।
फरक प्रशंग जोडदै मुख्यमन्त्रीले भने नेपालमा रेल आउछ पानी जहाज आउछ भन्दा काजगका बनाएर उडाइयो’ पोखरेलले भने, ‘यसै वर्ष पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खनिने छ र चिनिया रेल काठमाडौं हुँदै लुम्बिनी सम्म बनाउने आयोजनको डिपिआर पनि तयार हुने बताए ।
पोखरेलले प्रदेश नम्बर पाँचलाई समृद्धि बनाउने योजनाका साथ आफूहरू अगाडि बढेको बताए । प्रदेश पाँच अहिले औषत अवस्थामा रहेको भन्दै मिनि नेपालको रूपमा रहेको प्रदेशलाई समृद्ध बनाएर छाडने संकल्पका साथ प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले जानकारी गराए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रदेश नम्बर पाँचको राजधानी बुटवल नै बन्नुपर्ने बताए । यहाँका जनताको त्याग र संघर्षबाट प्रदेश पाँच पहाड र तराईलाई अलग्याउने प्रयत्नबाट जोगिएको भन्दै प्रदेशको स्थानीय राजधानी बुटवल नै हुनुपर्ने बताए ।
कार्यक्रममा नेपालका लागि श्रीलंकका राजदुत सोम परेराले लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामको प्रवद्र्धन गर्न सके नेपालले पर्यटनको माध्यामबाट ठूलो समृद्धि हासिन गर्न सक्ने बताइन् । मेला आयोजक रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले प्रत्येक वर्ष बुटवलमा हुने मेला महोत्सव गर्दा अस्थायी संरचना निर्माणमा ठूलो धनराशी खर्च भएको भन्दै छिट्टो स्थायी संरचना बनाउने सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिए ।
स्वरोजगार आत्मनिर्भरताको आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने नाराका साथ सुरु भएको मेला यहीँ मंसिर १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख दर्शक र ४० करोड रूपैयाँ बराबरको कारोवार हुने आयोजकले अपेक्षा गरेका छन् ।