हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई सिरहाकाे विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो।
विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए।
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताए।रासस