अज्ञात समूहले निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको देशका विभिन्न ठाउँमा रहेका टावरमा आगजनी गरेको छ।
गएराति नख्खुमा रहेको मुख्य कार्यालयमा प्रेसर कुकर बम विस्फोट गरेपछि देशका विभिन्न ठाउँमा रहेका एनसेल टावरमा आगजनी गरिएको हो। नख्खुमा भएको बम विस्फोटबाट सिंहप्रताप गुरुङको मृत्यु भएको छ भने अरु २ जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
आगजनिको अहिलेसम्म कसैले जिम्मा लिएको छैन्। तर घटनाको दोषी विप्लव नेतृत्वको नेकपा रहेको प्रहरीले आशंका गरेको छ।
रुपन्देहीको गैडहवा नगरपालिका ३ सूर्यपुरामा रहेको एनसेल टावरमा आगलागी गरिएको छ। राती १०÷११ बजेको समयमा एनसेलको कनेक्सन तोडेर तारमा आगजनी गर्दा झण्डै ४ लाख बराबरको क्षेति भएको हुन सक्ने जिल्ला प्रहरीकार्यालय रुपन्देहीले जनाएको छ। रातमा लागेको आगो दमकल नआएपछि प्रहरीले करेन्टको सेमेत प्रभाह नमानी निभाएको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जनाकारी दिए।
आगलागी कसले लगायो भन्ने यकिन नखुलेपनि बिगत देखि नै बिप्लव माओवादीले एनसेल टावर ध्वस्त पार्ने धम्की सहितका बिज्ञप्ति निकालेका कारण बिप्लव माओवादीले हुन सक्ने प्रहरीले अनुमान लगाएको छ।
एनसेल टावरमा शुरक्षा गार्ड समेत नबस्ने गरेकाले आगो लगाउनले सजिलै आगो लगाएर भागेको प्रहरीको अनुमान छ। आगलागीबाट मानविय तथा व्याट्रि र जेनेरेटरमा भने कुनै क्षेति भएको छैन।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ।
नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ। स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो। आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ।
रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ। पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ।
प्रहरी कार्याल सिस्वाका अनुसार डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो। एनसेलको टावर जलेपछि लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको थियो।
काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ। काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो।
बागलुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको छ। बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि विस्फोेट र आगजनी गरि क्षति पुर्याइएको छ।