निम्बस समूहले उत्पादन क्षमता विस्तार गरेको छ।
समूहले वीरगंजस्थित प्रोबायोटेक इण्डष्ट्रिज प्रालि युनिट–५ को मासिक उत्पादन क्षमता २ हजार टनमा ५० प्रतिशत विस्तार गरेको छ। विस्तारित क्षमता अनुसार फागुन अन्तिम सातादेखि उत्पादन शुरु गरिने प्रोबायोटेकका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए।
युनिट–५ ले व्यंजन र सुनौलो ब्राण्डमा तोरी, सूर्यमुखी र भटमासको खानेतेल उत्पादन गर्दै आएको छ। बजार माग सम्बोधन गर्न सूर्यमुखी (सन फ्लावर) तेलको उत्पादन विस्तारका लागी लगानी थपिएको उद्योग व्यवस्थापनले जनाएको छ।