सडक विभागले नागढुंगामा प्रस्तावित सुरुङमार्ग बनाउने निर्माण कम्पनी अझै छान्न सकेको छैन। विभिन्न ६ वटा कम्पनी यसका लागि छनौट चरणमा परेको ४ महिना बितिसक्दा समेत अहिलेसम्म छनोट हुन नसकेको हो।
विभागले यसअघि निर्माण कम्पनी छनोट प्रक्रिया सन् २०१९ को जनवरीसम्म सम्पन्न गर्ने लक्ष्य तोकेको थियो।
सुरुङमार्ग निर्माणका लागि कार्तिकमा ६ कम्पनीको आवेदन परेको थियो। १ जापानी र ५ चिनियाँ कम्पनीले उक्त कार्यका लागि अन्तिम १ कम्पनी छनौट गर्ने चरणमा परेको थियो। विभागअन्तर्गतकै बैदेसिक महाशाखाले गएको २४ साउनमा ग्लोबल टेण्डर आह्वान गरेको थियो।
त्यसताका विभागले ६० दिने सार्वजनिक सूचना जारी गरे पनि प्रस्ताव नपरेपछि १५ दिन समय थपेको थियो। सुरुङमार्ग निर्माण गर्ने बोलपत्र १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए।
यस सुरुङमार्ग निर्माणमा नेपाली कम्पनीले विदेशी कम्पनीसँग ज्वाइन्ट भेञ्चरमा आवेदन दिएको विभागका इन्जिनियर छविलाल पौडेलले बताएकाे खबर नेपाल समाचार पत्रमा छ।।