कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताएका छन्।
मन्त्री खनालले अहिलेपनि धेरै कुरामा आत्मनिर्भर भैसकेको भन्दै उनले अन्यकुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेको जानकारी दिए। मन्त्री खनालले खसी–बोकामा केही वर्षभित्र आत्मनिर्भर हुने दाबी गरे।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले फलफूलमा नेपाललाई आत्मनिर्भर आगामी ५-६ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरे। कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नका लागि अध्ययन गर्न कार्यदल बनाएर काम भइरहेको पनि मन्त्री खनालले जानकारी दिए।
आगामी बजेटमा तीन मुख्य कार्यक्रम र १७ योजनाहरु अघि बढाउने पनि उनले बताए। मन्त्री खनालले किसानलाई सहुलियतमा ऋण दिने गरी आफूले व्यवस्था गरिसकेको बताए। उखु किसानका समस्या पनि आफूहरुले समाधान गरेको मन्त्री खनालले दाबी गरे। भारतमा ११ जातका उखु रहेको तर नेपालमा उखुको प्रकार रैथानेमात्रै रहेको उनले बताए।
अहिले सरकराले १४ वटा ‘सुपर–जोन’, ६९ वटा जोन, केही सय बल्क र केही हजार पकेट निर्धारण गरेको भन्दै उनले अब कृषि क्षेत्रमा परिणाम दिने गरी काम गर्ने पनि जानकारी दिए। तरकारीको क्षेत्रमा पनि नेपालले पछिल्लो समय राम्रो प्रगति गरेको मन्त्री खनालको दाबी छ।