तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी कोअपरेटिभा मोरातोरिइ सेमिन्टिस्टा (सीएमसी)सँगको ठेक्का सम्झौता रद्द गरेको छ।
ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सीएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द गरिएको जानकारी गराएको छ। खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको भन्दै उसँगको सम्झौता रद्ध गर्नु परेको जनाइएको छ।
तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच असोज १५ मा २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता भएको थियो ।सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको कम्पनीले चैतको दोस्रो हप्ताभित्रमा नयाँ बोलपत्र आव्हान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ।
१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सिएमसीसँग सम्झौता गरिएको थियो।