सरकारले हरेक वैशाख २ गतेलाई भर्ना दिवसका रुपमा मनाउने भएको छ ।
सोमबार (वैशाख २ गते) रातिको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष वैशाख २ देखि १६ गतेसम्म विद्यार्थी भर्ना अभियान चलाइने निर्णय गरेको हो ।
स्मरण रहोस्, यसअघि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन सरकारले भर्ना अभियान चलाउँदै आएको थियो ।
सरकारले यस वर्षको लागि भर्ना अभियानको नारा ‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔं, नेपाललाई शिक्षितको देश बनाऔं’ तय गरेको छ ।