गुल्मीको सरस्वती माध्यामिक विद्यालयमा सञ्चालन भइरहेको हिरक महोत्सवमा विद्यालयका लागि ७० लाख बढी आर्थिक संकलन भएको छ।
सत्यवती गाँउपालिका वडा नं. ४ लिम्घामा रहेको उक्त विद्यालयका लागि विभिन्न व्यक्तिले अहिलेसम्म कुल ७३ लाख सहयोग गरेको महोत्सवका प्रचार प्रसार संयोजक प्रकास भट्टराईले जानकारी दिए।
विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा मंसिर २४ गतेदेखि विद्यालयमा हिरक महोत्सव सञ्चालन गरिएको हो।
विद्यालयको सर्वाङ्गिन विकासका लागि गरिएको महोत्सब आइतबारसम्म चल्ने छ।
विद्यालयको विकासका लागि र शैक्षिक गुणस्तर कायम गराउने उद्देश्य अनुरुप सञ्चालन भइरहेको हिरक महोत्सवमा श्रीमद्भागवत ज्ञान महायज्ञको बाल योगेश्वर महाराज प्रमुख बाचक रहेका छन्।
महोत्सव मार्फत १ करोड आर्थिक संकलन गर्ने लक्ष्य लिएको विद्यालय श्रोतले जनाएको छ।