त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ । त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको हो ।
लगातार ८० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरुलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभर ६१ आंगिक क्याम्पस छन् । प्राध्यापन क्षेत्रमा सरकारी कोटामा रहेर बाहिर बढी समय पढाउने प्राध्यापकलाई हेल्मेट प्राध्यापकको रुपमा चिनिन्छ ।
पछिल्लो एक वर्षमा ४० जना शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो । जसअन्तर्गत २५ शिक्षक र १५ कर्मचारीहरु रहेका छन् ।राजधानीमा खबर छ।