काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि ५ स्थानीय तहको पाठ्क्रम निर्माण गरी लागु गर्ने भएको छ। महानगरका निजी र सामुदायिक सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो।
कामपा शिक्षा समितिको केही दिन अघि बसेको बैठकले स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको हो। कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले स्थानीय तहले निर्णय गरे अनुसार पाठ्यक्रम निर्माण गर्न लागिएको जानकारी दिए।
स्थानीय तहको नया पाठ्यक्रम निर्माण प्रकृया शुरु गरिसकेका छौं, आउँदो शैक्षिक सत्र २०७६ देखि महानगर भित्र रहेका निजी तथा सामुदायिक विद्यालयलमा नयां पाठ्यक्रम लागु हुने भएको छ। काेइरालाले भने ।
स्थानीय पाठ्यक्रम अनुसार प्राथमिक पाठ्यक्रम कक्षा १–३ २०६२, कक्षा ४ र ५ २०६५ र कक्षा ६–८ २०६९ मा जारी गरेको स्थानीय पाठ्यक्रममा स्थानीय, मातृ वा अन्य कुनै भाषामा अध्यापन गराउने व्यवस्था उल्लेख गरिएको थियो। तर अधिकांस विद्यालयले स्थानीय पाठ्यक्रममा पठन पाठन शुरु नगरेपछि कामपाले आधारभूत तह कक्षा १–८मा स्थानीय भाषामा अध्यापन शुरु गराउन लागेको छ।
नेपाल भाषा, दिगो विकास, वातावरण, सम्पदा र कला संस्कृति, ट्राफिक व्यवस्थापन लगायतका विषयमा पाठ्यक्रम निर्माण गरिने भएको छ। नेपाल समाचार पत्रमा खबर छ।