देशभरका सबैजसो निजी विद्यालय आज बन्द भएका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेपछि निजी विद्यालयमा आज पढाइ प्रभावित भएकाे छ।
संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको यूनियनले जनाएको छ।
सरकारले गत माघ १६ गते हतियार सहित विश्वकर्मालाई विराटनगरबाट पक्राउ गरेको थियो। उनी दलका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा हुन्।
यस अघि बम विस्फोट सहितका विभिन्न मुद्धा सहित प्रवक्ता विश्वकर्मालाई पक्राउ गरेको विरोधमा सोही दलले गत असोज ७ गते काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल गरेको थियो ।