शिक्षक सेवा आयोगले अबदेखि शिक्षकको स्थायी परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गर्ने भएको छ।
परीक्षामा आवेदकले फाराम भर्दा समस्या बेहोर्नुपरेपछि आयोगले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो।
आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसी थपलियाले शिक्षाका कार्यालयमै आएर फारम भर्दा बढी झन्झट र समस्या आउन थालेपछि अनलाइन प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिए।
आयोगले ट्रायलका रुपमा अब आउने परीक्षामा यो व्यवस्था गर्न लागेको हो। स्थायी शिक्षकको आवेदनसँगै शिक्षण अनुमतिपत्रको परीक्षाको समेत अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको हो।
आयोगलाई टेक्नोललोजीबाट नजिक बनाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ। आयोगले अबदेखि विषयगत रुपमा शिक्षण अनुमतिपत्रको परीक्षा लिने, पाठ्यक्रम सुधार, अन्य विशिष्टीकरण, प्रश्नको स्तरीकरण र अप्टिकल मार्क रिडर मेसिन (ओएआर) मार्फत वस्तुगत उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका योजना अघि बढाएको जनाएको छ। नेपाल समाचार पत्रमा खबर छ।