द्वन्द्वग्रस्त अफगानिस्तानमा ढिला गरी राष्ट्रपतिय निर्वाचन हुन लागेको छ।
राष्ट्रपतिय निर्वाचन आगामी सेप्टेम्बर २८ तारिखका दिन गर्नेगरी बुधबार औपचारिक रूपमा घोषणा भएको छ।
यसअघि तय भएको तालिका भन्दा पाँच महिना पछाडी सारेर निर्वाचन गर्ने घोषणा भएको हो।
स्वतन्त्र निर्वाचन आयोग (आइइसी)ले निर्वाचनको वातावरण बनाउन र निर्वाचनका लागि आवश्यक तयारी पुरा गर्न नभ्याएकाले निर्वाचन ढिला हुन लागेको जनाएको छ।