भारतमा लोकसभाका लागि बिहीबार (आज) दोस्रो चरणको मतदान भइरहेको छ । मतदान १२ राज्यमा ९५ सिटका लागि भइरहेको हो ।
मतदानका लागि सबै मतदातालाई परिचय पत्र जारी गरिएको छ । बिना परिचयपत्र मत खसाल्न पाइँदैन । तर परिचयपत्र साथमा राख्न छुटाएकाहरुले अनलाइनबाट परिचयपत्र प्रिन्ट झिकेर रुजु गराई मत दिन पाउने पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्मु कश्मीर २, कर्नाटक १४, महाराष्ट्र १०, ओडिसा ५, मणिपुर १, तमिलनाडु ३८, पश्चिम बंगाल ३ र पुडुचेरीमा १ सिटका लागि मतदान भइरहेको छ ।
त्रिपुरा राज्यमा १ सिटका लागि बिहीबारकै लागि निर्वाचनको मिति तोकिएको थियो तर सुरक्षा व्यवस्थाका कारण रद्द गरिएको छ । मतदान बिहान ७ बजेदेखि जारी छ । निर्वाचन आयोगले चुनाव निर्विघ्न र शान्तिपूर्ण गराउन पुख्ता सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । भारतको लोकसभा चुनावका लागि ७ चरणमा मतदान हुने तोकिएको छ ।