श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले सेनालाई देशमा पुनः ‘सुव्यवस्था कायम गर्न’ आवश्यक कदम चाल्न आफूले आदेश दिएको बताएका छन्। टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफु तत्पर रहेको हिंसालाई रोक्नुको विकल्प नरहेको बताएका हुन् ।
यसैबीच, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको त्यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी दिए । उनले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न पनि आह्वान गरे ।
“हामी संविधान च्यात्न सक्दैनौँ । हामी फासीवादीहरूलाई आउन दिन सक्दैनौँ । हामीले प्रजातन्त्रप्रति रहेको यो फासीवादी खतरा टुङ्ग्याउनुपर्छ,” उनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने ।