कांग्रेस नेता अजय माकनले पदबाट राजीनामा दिएका छन्।
दिल्ली कांग्रेसको प्रदेश अध्यक्ष रहेका माकनले आज विहान ट्वीट गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्। ट्वीटमा उनले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद समेत दिएका छन्।
यसअघि नयाँ दिल्लीमा अध्यक्ष गान्धीसँग भेटेका माकनले पदबाट राजीनामा दिनुलाई आफ्नो स्वास्थ्यको कारण देखाएका छन्।