अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शिखर वार्ताको तयारी तीब्र भएसँगै उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन चीन पुगेका छन्।
श्रीमतीसहित निजी रेल चढेर मंगलबार बिहान उनी बेइजिङ पुगेका हुन्। अमेरिकाले आर्थिक प्रतिबन्ध र दबाब कायमै राखेमा विकल्प अपनाउने चेतावनी एक सातापछि किमको यो भ्रमण हुन लागेको हो।
गत वर्ष किमले ट्रम्प तथा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको भेटअघि ३ पटक चीनको भ्रमण गरी नेता सि चिनफिङसँग भेटवार्ता गरेका थिए। हरेक पटकको चीन भ्रमणपछि उत्तर कोरियाको प्रमुख कुटनीतिक कदम आउने गर्थ्यो।
यसपटक पनि त्यस्तै हुने अपेक्षा गरिएको छ। चीन पनि उत्तर कोरिया र अमेरिकाबीचको कुनै पनि कदममा आफू अग्रपंक्तिमा देखिन चाहन्छ।