भारतीय कांग्रेसले पार्टी महासचिवमा प्रियंका गान्धीलाई नियुक्त गरेको छ। राजीव गान्धी तथा सोनिया गान्धीकी छोरी प्रियंकालाई कांग्रेसले पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिएको छ।
गत वर्ष प्रियंका गान्धी राजनीतिमा आउने विषयमा सोधिएको प्रश्नमा सोनिया गान्धीले राजनीतिमा कहिले आउने भन्ने विषय प्रियंका आफैंले तय गर्ने बताएकी थिइन्। पार्टीले जिम्मेवारी दिएको उत्तर प्रदेशमा प्रियंका लोकप्रिय छिन्। उनको हेयरस्टाइल, कपडाको चयन र कुरा गर्ने तरिकामा इन्दिरा गान्धीको छाप आउनु नै उनको लोकप्रियताको कारण भएको बताइएको छ।
सन् १९७२ मा जन्मिएकी प्रियंका गान्धीले सन् २००४ मा सोनिया गान्धीका लागि चुनाव प्रचारमा उत्रिएकी थिइन्। त्यसपछि मात्रै बेलायतमा जागिर खाइरहेका राहुल गान्धी सक्रिय राजनीतिमा उत्रिएका थिए। सन् २०१४ मै उनी वाराणसीबाट चुनाव लड्न चाहन्थिन्।
तर, मोदीविरुद्ध लड्ने जोखिम दृष्टिगत गर्दै उनका बारेमा निर्णय लिइएको थिएन।