भेनेजुयलमा सरकारविरोधी आन्दोलन चर्कंदै गए पछि त्यहाँका विपक्षी नेता खुआन गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका छन्।
जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समर्थन गरेको जनाइएको छ। भेनेजुयलमा वर्तमान राष्ट्रपति निकोलास मादुरोविरुद्धको प्रदर्शन चल्दै आएको छ। जसलाई विपक्षी नेता गोइदोले नेतृत्व गरिरहेका छन्।
उनले आफूलाई बुधबार देशको कार्यकारी राष्ट्रपति घोषणा गरेका थिए। यसै महिनाको शुरुमा मादुरोले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिएका थिए। तर निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीले यसलाई स्वीकार गरेका छैनन्। जसका कारण त्यहाँ दिनहुँ प्रदर्शन हुँदै आएका छन्।