आज जनवरी २६ तारिख भारतले ७०औं गणतन्त्र दिवस मनाउदैंछ।
वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले सन् १९५० को जनवरी २६ मा अहिले कार्यान्वयनमा रहेको संविधान लागू भएको घोषणा गरेको थियो।
त्यसैको सम्झनामा हरेक वर्षको जनवरी २६तारिखलाई गणतन्त्र दिवस मनाउने गर्दै आएको हो। गणतन्त्र दिवसको अवसरमा भारतको नयाँ दिल्ली लाल किल्लामा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
यसैगरी भारतीय कुटनीतिक नियोगहरुमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका समकक्षीहरुलाई नेपालका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले शुभ कामना सन्देश पठाएका छन्।