ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा रहेकाे बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ। तीन सय बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन्।
बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएकाे खबर अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि शुक्रबार बाँध फुटेको थियाे। उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन्।