हत्याअगाडि उ महिलालाई नांगै बनाउथ्यो । हातखुट्टा बाँधिदिन्थ्यो । अनि महिलाले आफूमाथि के भइरहेको छ भनेर भेउ पाउनुअघि नै हत्या गथ्र्यो । हत्यापछि महिलाको लाशसँग शारीरिक सम्बन्ध राख्थ्यो । लाशसँग यौन बासना मेटाउनुअघि त्यसको आँखा निकाल्थ्यो, महिलाको यौनांग काट्थ्यो ।
यो भयानक काम थियो रुसी सिरियल किलर आन्द्रेई शिकाटिलाकोे । उसले आफ्नो पहिलो शिकार १७ वर्षीया किशोरीलाई बनाएको थियो । वर्ष १९८१ मा । उ आफ्नो कुकृत्यका कारण यति बदनाम थियो कि उसको नामै बुचर अफ रोस्तोभ, दि रेड रिपर, दि रोस्तोभ रिपर जस्ता नामले कुख्यात थियो । दर्जनौं महिलालाई शिकार बनाएको आन्द्रेई एकदिन प्रहरीको पन्जामा परिछाड्यो । २० नोभेम्बर १९९० मा उ पक्राउ पर्यो । तर पक्राउ परेपछि पनि उसले आफ्नो अपराध स्वीकारेन । मुद्दा अदालतमा निरन्तर चल्यो । अन्ततः १४ फेब्रुअरी १९९४ मा उसलाई अपराधको सजाय मिल्यो । उसलाई टाउकोमा गोली हानी मृत्युदण्ड दिइयो ।
१९३६ को अक्टुुबर १६मा तत्कालिन सोभियत रुसको युक्रेनमा जन्मिएको आन्द्रेई पेशाले शिक्षक थियो । तर उ बाल्यकालदेखि नै यौन हीनभावनाले ग्रस्त थियो । उ हरेक क्षण यौनका बारेमै सोच्थ्यो । उ यौन तृप्तिका लागि जेसुकै गर्न पनि तयार हुन्थ्यो । यहीकारण उ महिलाको हत्या गरेपछि आफ्नो यौनबासना मेटाउथ्यो । रुसी आपराधिक इतिहासको तथ्यांक अनुसार आन्द्रेईले १९७८ र १९९० को बीचमा ५६भन्दा बढी मानिसको हत्या गरे थियो । उसको निशानामा अधिकांश महिला हुन्थे । उ लागूपदार्थको बहानामा महिलालाई जालमा फसाएर हत्या गथ्र्यो ।