कंग्रेस आईले भारतको पटनामा तीन दशकपछि विशाल प्रदर्शन गर्दैछ। गान्धी मैदानमा हुने आइतबारको प्रदर्शनलाई कंंग्रेस अध्यक्ष राहुल गान्धीले सम्बोधन गर्दैछन्।
आफ्नो सम्बोधनमा अध्यक्ष गान्धीले विपक्षी दलका नेताहरुलाई एकजुट हुन आब्हान गर्नेछन्। उनको सम्बोधनपछि विहारमा महागठबन्धन बन्नेछ।
महागठन्धनको एकता देखाउँन मञ्चमा राजद नेता तेजस्वी यादव, एनडीएबाट अलग भएका नेता उपेन्द्र कुशवाहा, हिन्दूस्तान आवम मोर्चाका नेता जीतनराम मांझी, लोकतान्त्रिक जनता दलका प्रमुख शरद यादव, विकासशील इन्सान पार्टीका नेता मुकेश साहनी, सीपीआईका नेता सत्यनारायण सिंह लगायत उपस्थित हुनेछन्।
सीपिएमका नेता अवधेश कुमार र विहार भाकपा–मालेका नेता कुणाल पनि सहभागी हुने बताइएको छ। पटनाको यो त्यहि ठाउँ हो जहाँ सन् १९८९ मा उनका बाबु राजीव गान्धीले विशाल ¥यालीलाई सम्वोधन गर्न गएका थिए।