अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनबीच यसै महिना भेटवार्ता हुने भएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार स्टेट अफ यूनियनलाई सम्बोधन गर्दै आगामी फेब्रुअरी २७–२८ तारिखकमा भियतनामा भेटवार्ता हुने बताएका छन्।
यसअघि सिंगापुरमा किमसँग वार्ता गरेको राष्ट्रपति ट्रम्पले दोस्रो पटक उनलाई भेट्न लागेका हुन्।
ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति नभएको भए अहिले उत्तर कोरियासँग युद्ध भइरहेको हुने सम्बोधनका क्रममा बताएका थिए।
उत्तर कोरियासँग धेरै काम गर्न बाँकी रहे पनि किमसँग आफ्नो सम्बन्ध राम्रो रहेको समेत प्रष्ट पारेको खबर बीबीसीमा छ।