अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनबीच यसै महिनाको २७ र २८ तारिखमा दोस्रो शिखर वार्ता हुने भएको छ।
पहिलो पटक सन् २०१८ मा सिंगापुरमा भेटेका यी दुई नेताबीच दोस्रो बैठक भियतनामा हुन लागेको हो। भेटवार्ताको तयारीमा जुटेका यी दुई नेताका सामुु केही चुनौती भने देखिएको छ।
पहिलो चुनौतीः ठोस पहलको खाँचो
दुई नेताबीच पहिलो भेटवार्ता हुँदा विश्वकै ध्यान सिंगापुर केन्द्रित भएको थियो। उक्त भेटपछि अमेरिका र उत्तर कोरियाबीच देखिएको चिसोपनामा केही कमी आएको थियो।
तर उक्त भेटमा दुवैले गरेको प्रतिवद्धता पूूरा हुन सकेको छैन। उत्तर कोरिया परमाणु हतियार नष्ट गर्ने कुरामै सीमित भएको छ। अर्कातिर, अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएको नाकावन्दी पनि खुलेको छैन। त्यसैले दोस्रो पटक हुन लागेको भेटवार्तामा ठोस कदमको जरुरी रहेको बताइन्छ।
समस्या कहाँनेर छ भने किम र ट्रम्प परमाणु मुद्दालाई व्यक्तिग रुपमा डिल गरिरहेका छन्। यी दुईबीच यस विषयमा सिधै वार्ता हुने गरेको छ। जसका कारण समस्या समाधान हुन समस्या लाग्ने भएकाले दुई नेताका बीचमा वार्ता हुनुअघि उत्तर कोरिया र अमेरिकाका अधिकारीहरुबीच वार्ता हुनुु जरुरी छ। जबकि पहिलो भेटमा अधिकारीस्तरमा कुनै पनि वार्ता भएको थिएन।
दोस्रो चुनौतीः प्रष्ट दिशा
सिंगापुरको पहिलो भेटमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने विषयमा सहमति जुटेको थियो। तर यो कुरा सार्वजनिक नगरिंदा कामले गति लिन सकेको छैन। यस पटक कोरियाली प्रायद्वीपमा सम्झौता हुन सक्ने आंकलन गरिएको छ। अमेरिकाको इच्छा उत्तर कोरियाले परमाणु हतियार नष्ट गरेपछि त्यसको अन्तर्राष्ट्रिय जाँचकर्ताले पुष्टि गरिदिउन् भन्ने छ।
तर उत्तर कोरिया आफूले परमाणु हतियार नष्ट गर्दै गर्दा अमेरिकाले पनि यस क्षेत्रमा राखेका हतियार हटाउनु पर्ने पक्षमा छ। ताकि आफूलाई कुनै खतरा नहोस्। अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियाबाट अमेरिकी सेना फिर्ता गराउन तयार देखिएका छन्। तर कहिले भन्ने स्पष्ट नहुँदा दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका उच्चअधिकारी नै अलमलमा परेका छन्। पहिलो भेटवार्तामा किमले परमाणु हतियार हटाउने विषयमा लिखित सम्झौता गरेका थिएनन्। अबको छलफलमा यसबारे लिखित सम्झौता गर्नुपर्ने अमेरिकी अधिकारीको मान्यता छ।
तेस्रो चुनौतीः परमाणु हतियारका विषयमा कदम
उत्तर कोरिया र अमेरिकाका तर्फबाट पाइएको संकेत अनुसार यी दुईको भेटवार्तामा यस पटक पक्कै पनि केही कदमहरु चालिने विश्वास गरिएको छ। अमेरिकाले दक्षिण कोरियाबाट सेना फिर्ता लैजाने विषयमा सहमति जनाएको खण्डमा उत्तर कोरियाले परमाणु बमका लागि आवश्यक पर्ने सबै संयन्त्र नष्ट गर्न तयार रहेको संकेत गरेको छ।
किम अमेरिकाले लगाएको नाकावन्दी हटाउनु पर्ने अडानमा छन्। उनी परमाणु हतियार नष्ट भएपछि अमेरिकाले आक्रमण गर्दैन भन्ने सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुपर्नेमा जोड दिँदै आएका छन्। पछिल्लो समय अमेरिका परमाणुु हतियार नष्ट गर्ने कुरामा केही नरम देखिएको छ। उत्तर कोरियाले अब चाल्ने कदम भन्दा माथि उठेर यस विषयमा निर्णय गर्ने अवस्थामा अमेरिका पुगेको जानकारहरु बताउँछन्।
उत्तर कोरियाले परमाणु हतियार निर्माण रोकेमा आफूले लगाएको प्रतिबन्ध खुकुलो बनाउने तयारी अमेरिकाको छ। तर उत्तर कोरियाले परमाणुु हतियार परीक्षण रोके पनि उत्पादनलाई भने भने निरन्तरता दिएको छ। यस विषयमा परमाणु हतियार नष्ट गर्नका लागि बाटो तय गर्नु पर्नेमा ट्रम्प कुनै अन्तरिम सम्झौतामा अल्झन सक्ने कतिपयको आशंका छ।
चौथो चुनौतीः वास्तविकता स्वीकार
अमेरिकी अधिकारीको बुुझाईमो उत्तर कोरियाले कुनै पनि हालतमा परमाणु हतियार उत्पादन बन्द गर्ने छैन। अमेरिकी नेशनल इन्टलिजेन्सका निर्देशक डेन कोट्सले गतसाता सिनेटको एउटा कमिटिमा गरेको व्रिफिङमा उत्तर कोरिया परमाणु हतियार नै अमेरिकालाई धम्क्याउने शस्त्र भएकाले यसलाई त्याग्न नसक्ने बताएका थिए।
उनैका कुरालाई आधार मान्ने हो भने किम जोन उन पछिल्लो समय आफ्नो देशलाई परमाणु हतियार सम्पन्न देशको रुपमा मान्यता दिलाउन पहल गरिरहेका छन्। तर यसमा त्यति सत्यता देखिदैन। नयाँ वर्षको शुभकामना सन्देशमा किम जोनले परमाणु हतियार हटाउने आफ्नो प्रतिबद्धता पूूरा गर्न तयार रहेको बताउँदै उत्तर कोरियाले परमाणु हतियार नबनाउने र त्यसलाई सम्बद्र्धन पनि नगर्ने उल्लेख गरेका थिए।
तर पेन्टागनका केही पूर्वअधिकारीहरु भने उत्तर कोरियाबाट हतियार पूूरै नष्ट गर्नुका साटो नियन्त्रण गर्नुपर्ने विषयमा छलफल गर्न सुझाव दिन्छन्।
उनीहरुको भनाई छ, जबसम्म उत्तर कोरियाले आफ्नो शासन सुरक्षित भएको मान्दैन तवसम्म हतियार नष्ट गर्ने कुराले सार्थकता पाउँदैन। बीबीसीबाट