अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकाल घोषणा गर्ने तयारी गरेका छन्।
मेक्सिकोको सिमामा पर्खाल लगाउने आफ्नो योजना अनुसार बजेट बिनियोजन नभएपछि उनले संसद्लाई छल्दै संकटकाल घोषणा गर्ने तयारी गरेको खबर बीबीसीले लेखेको छ।
आफ्नो चुनावी प्रतिवद्धता पत्रमा ट्रम्पले आपराधिक व्यक्तिहरु मेक्सिकोको खुला सिमानका कारण सहजै अमेरिका प्रवेश गरेकाले नियन्त्रण गर्नका लागि सिमामा पर्खाल लगाउने घोषणा गरेका थिए।
यदि ट्रम्पले संकटकाल लगाएका पर्खाल लगाउनका लागि ५.६अर्ब अमेरिकी डलर निकाशा गर्न सहज हुने बताइएको छ। तर, विपक्षी डेमोक्रयाट नेताहरुले भने यसलाई ह्वाटहाउसको गलत कदम भनि टिप्पणी गरेका छन्।