अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोन उनका बीचमा यसै साता भियतनामा भेटवार्ता हुँदैछ।
गत वर्ष सिंगापुरमा पहिलो भेटवार्तापछि भियतनाममा दोस्रो पटक भेटवार्ता हुन लागेको हो। त्यसका लागि २७–२८ फेब्रअरीका लागि मिति तय भएको छ। भियतनाममा हुन लागेको शिखर वार्ताका लागि उत्तर कोरियाका शासक उन ट्रेनमार्फत त्यसतर्फ प्रस्थान गरेको जनाइएको छ।
उनले २७ सय किलोमिटरको दूरी तय गर्दै त्यहाँ पुग्न लागेका हुन्। किमलाई स्वागत गर्न भियतनामको सरकारले तयारी पनि तिब्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।