आफ्नो नियन्त्रणमा रहेका भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानले शुक्रबार साँझ भारतलाई बुझाएको छ।
भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमाण्डर अभिनन्दनलाई भारत र पाकिस्तान वाघा अटरी बोर्डरमा ल्याएर जेनेभा अभिसन्धी अनुसार अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई जिम्मा लगाइएको हो।
उनलाई सीमामा रहेको एकीकृत जाँच चौकी पुर्याइएको थियो।गत बुधबार मिग २१ बिसन लडाकु जेटलाई पाकिस्तानी सेनाले खसालेपछि प्यारासुटबाट ओर्लिएका अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।
पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको सूचना सार्वजनिक हुनासाथ भारतले पाकिस्तानलाई सुरक्षित रुपमा तत्काल रिहा गर्न आग्रह गरेको थियो। र, त्यसो नगरे आफू जस्तो सुकै कदम चाल्न पनि पछि हट्ने चेतावनी समेत भारतले दिएको थियो।
भारतको त्यस्तो चेतावनी पछि अन्तर्राष्ट्रिय समुदायले अभिनन्दनलाई जेनेभा अभिसन्धीअनुसारको व्यवहार गरिनुपर्ने बताउँदै भारत र पाकिस्तानलाई संयमित हुन आग्रह गरेको थियो। भारत र अन्तर्राष्ट्रिय समुदायको त्यस्तो आग्रह पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानाले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय पाइलटलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका थिए।
गत १४ फेब्रुअरीमा जम्मुकस्मिरको पुलवामा जिल्लाको श्रीनगर नेशनल हाइवेमा खण्डमा केन्द्रिय अतिरिक्त प्रहरी बल (सिआरपिएफ० बोकेको ट्रकमाथि भएको आत्मघाती बम हमलामा ४० सिआरपिएफ जवानको मृत्यु भएको थियो। त्यसको जवाफमा भारतीय सेनाले २६ फेब्रुअरी बिहान पाकिस्तान नियन्त्रित कश्मिरमा रहेका लश्कर(ए(तोयबा र जैश(ए(मोहम्मदका तालिमस्थलहरुमा हवाई हमला गरेको थियो।
उक्त हमला पछि आणविक हतियारले सुसज्जित दुवै मुलुकबीच युद्ध हुने सक्ने त्रास बढेर गएको थियो। तर, अन्तर्राष्ट्रिय समुदायको आग्रह र त्यसपछि विकसित घटनाक्रमले भने युद्धको त्रास तत्कालका लागि भने टर्दै गएको विश्वास गरिएको छ।
”