अमेरिकी पत्रिका फोब्र्सले विश्वभरका अर्बपतिको सूची सार्वजनिक गरेको छ । यसवर्ष १३१ अर्ब डलरको सम्पत्तिसहित अमेजनका मालिक जेफ बेजोस र उनको परिवार विश्वकै धनी भएका छन् ।
यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स ९६.५ अर्ब डलरसहित दोस्रो नम्बरमा परेका छन् भने ८२.५ अर्ब सम्पत्तीसहित वारेन बफेट तेस्रो नम्बरमा पुगेका छन् । चौथो नम्बरमा ७६ अर्ब डलरसहित बर्नार्ड आर्नाउल्ट एण्ड फेमिली, पाँचौ नम्बरमा ६४ अर्बसहित कार्लोस स्लिम हेलु र परिवार अर्बपतिको सूचीमा रहेका छन् ।
नेपालका विनोद चौधरी भने १३४९ औं नम्बरमा परेका छन् । उनको सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको जनाइएको छ । उनको सम्पत्ति एक वर्षमा २२ करोड (२२ अर्ब)डलर बढेको हो । यो वर्ष अर्बपतिको सूचीमा २१५३ व्यक्ति अटाएका छन् ।