भारतमा अप्रिल ११ गतेदेखि लोकसभा निर्वाचन सुरु हुने भएकोछ । भारतको निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमार्फत निर्वाचनको मितिबारे जानकारी गराएको हो ।निर्वाचन सात चरणमा हुने भएको छ ।
अप्रिल ११ पहिलो चरणको मतदान हुने छ । जसमा २० राज्यका ९१ सिटका लागि मतदान हुने छ । अप्रिल १८ मा १३ राज्यका ९७ सिटका लागि दोस्रो चरणको मतदान हुने छ भने अप्रिल २३ मा १४ राज्यका ११५ सिटका लागि मतदान हुने छ ।
चौथोँ चरणमा अप्रिल २९ का दिन ९ राज्यका ७१ सिटका लागि मतदान हुने छ भने मे ६ मा ७ राज्यका ५१ सिटका लागि मतदान हुने निर्वाचन आयोगले आइतबार जानकारी गराएको छ ।
मे १२ र मे १९मा हुने छैटौं र सातौ चरणमा क्रमशः ७ र ८ राज्यका ५९र५९ सिटका लागि मतदाताले भोट खसाल्ने छन् ।