अमेरिकी गठबन्धन सेनाले इस्लामिक स्टेट आईएसले नियन्त्रणमा लिएको सिरियाको भूभागमा कारबाही शुरु गरेका छ।
आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्रेटिक फोर्सले आक्रमण शुरु गरेको हो। त्यस क्षेत्रमा अझंै आइएसका कयौं लडाकु रहेको बताइएको छ। आइएसको नियन्त्रण रहेको क्षेत्रलाई घेराबन्दी गरेर प्रवेश गरेको सेनाले कारबाही गरिरहेको छ।
सिरियाको बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरा हालेका छन्। आइएसका लडाकुले यो स्थानबाट नागरिकलाई बाहिर निकाल्न भन्दै आफ्नो अभियान रोकेका बेला गठबन्धन सेनाले आक्रमण गरेको हो। यसअघि सिरियाको निकै ठूलो भूभाग आईएसले कब्जा लिएको भए पनि अमेरिकी गठबन्धन सेनाको साथले त्यहाँबाट उसलाई भगाइँदै आएको छ।