इथोपियामा आइतबार १५७ जनाको ज्यान जाने गरी बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना भएपछि ४ देशले उक्त मोडलको विमान उडानमा प्रतिबन्ध लगाएका छन् ।
इथोपिया, चीन, इण्डोनेशिया र सिंगापुरले उक्त विमान उडानमा प्रतिबन्ध लगाएका हुन् । यसका साथै ब्राजिलको गोई एयरलाइन्सले म्याक्स ८ विमानलाई ग्राउण्डेड गरेको छ भने भारतले कम्तीमा १ हजार घण्टा अनुभव भएका पाइलटले मात्र यो विमान उडाउन पाउने निर्देशन दिएको छ । जेट एयरवेजले म्याक्स ८ का सबै उडान रोकेको छ । यो एयरवेजले बोइङको म्याक्स मोडलको २ सय २५ विमान अर्डर गरेकोमा केही आइसकेको बताइएको छ । स्पाइस जेटले पनि १ सय ५५ म्याक्स ८ विमान अर्डर गरेको छ ।
सिंगापुरले प्रतिबन्ध लगाएपछि सिल्क एयर, चाइना साउद्रन एयरलाइन्स, गरुणा एयरलाइन्स इण्डोनेशिया, शान्दोङ एयरलाइन्स र थाइ लाइन एयर प्रभावित भएका छन् ।
उता अमेरिकी संघीय उड्डयन प्राधिकरणले उक्त मोडललाई तत्काल मोडिफाइ गर्न बोइङ कम्पनीलाई निर्देशन दिने भएको छ । यो मोडिफिकेशन आगामी अप्रिलसम्म पूरा गर्नुपर्नेछ । यसका बाबजूद पनि मोडलमा कमी पाइए बोइङमाथि तत्काल कारवाही गर्ने चेतावनी बोइङले दिएको छ ।