बेलायती संसदले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेले ल्याएको संशोधित मस्यौदालाई पुनः अस्वीकार गरिदिएको छ। यसअघि पनि प्रधानमन्त्री मे ले ल्याएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदा संसद्ले अस्वीकृत गरिदिएको थियो।
त्यसपछि संशोधन गरेर ल्याएको मस्यौदालाई संसद्ले पुनः अस्वीकृत गरिदिएपछि प्रधानमन्त्री मेलाई अप्ठेरो परेको छ। प्रधानमन्त्री मे ले प्रस्ताव गरेको मस्यौदामा संसद्को बहुमतले अस्वीकृत गरिदिएको हो।
मस्यौदाको प्रस्तावमा २ सय ४२ मत परेको थियो भने विपक्षमा ३ सय ९१ मत परेपछि प्रस्ताव अस्वीकृत भएको हो। युरोपेली संघका नेताहरुसँग निकै लामो छलफलपछि प्रधानमन्त्री मे ले आफ्नो संशोधित प्रस्ताव पारित गर्न संसद्लाई आग्रह गरेकी थिइन।