मलेसियाको सेपाङ भन्ने स्थानमा आइतबार राति यात्रुवाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । अरु १२ जना घाइते भएका छन् ।
बसमा सवार ४३ यात्रु मध्ये १४ नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुने नेपालीमा रामु चौधरी र जागरनाथसिंह दनुवार छ । उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन ।
यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्णबहादुर पुन, भरत शाही, पदम कुँवर, सन्तोषकुमार साह, सुमन काउचा, सन्तोष यादव, लोकेन्द्र शाही, सुरज यादव, महेश बुढाथोकी र विश्वकर्मा मण्डल छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।