नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगकाे सदस्य चयन भएका छन्।
७५ हजार जनसख्या भएको और्वन सिटिका मेयर न्यान्सि बाकुसले गतहप्ता खनाललाई पदभार ग्रहण गराइन्। खनाल सन् १९९८ मा चितवनबाट अमेरिका आएका थिए।
और्वनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लवमा सहसंयोजक रहेर काम गर्दै आएका खनाललाई अबको दुई बर्ष अर्थात सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि नियूक्ति गरिएको उनले बताए।
योजना आयोग सदस्य खनालले स्थानीय अर्बनको विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्नुपर्ने छ। अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यस योजना आयोग निकै महत्वपुर्ण मानिन्छ। खनालले भने आफुले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले आफ्नो पुर्ण हैसियतले भ्याएसम्म काम गर्ने बताए।
उनले भने-अबको मेरो यात्रा अमेरिकी राजनीतिमा प्रवेश गर्नेहरुका लागि निकै सुवर्ण अवसर भएकोले त्यसतर्फ आफु आकषर्क हुँदै गएको बताएका छन्। अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि शुरुमा निवेदन दिएर अन्र्तवार्ता पास गर्नु पर्ने र सो चरण पास गरेपछि स्थानीय जनतासंग विभिन्न चरण सार्वजनिक सुनुवाई पास भएपछि गरिने सिफारिसलाई आधार मानेर मेयरले नियुक्ति गर्नेछन्।