कुवेतमा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। बैदेशिक रोजगारीको शिलशिलामा कुबेत पुगेका बुटवल–१५ बेलाबासका ३१ वर्षीय टुकबहादुर रायमाझीको कारको ठक्करबाट मंगलबार राति मृत्यु भएको हो।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरले टुकबहादुरको कारको ठक्करबाट मृत्युभएको पुष्टि गरेका छन्। उनका अनुसार कम्पनीको आवाससमा केही समयदेखि नआएको र काममा पनि नगएकाले साथीहरु र कम्पनीले खोजी गर्दै जाँदा रायमाझी मृत भेटिएका थिए। उनको शब कुवेतको फर्वानिया अस्पातल राखिएको छ।
रायमाझीको शव नेपाल पठाउन र क्षतिपूर्ति बापतको रकम परिवारसम्म पुर्याउनका लागि कम्पनीसँग समन्वय भइरहेको उनले जानकारी दिए।मृतककी बहिनी कुवेतमा रहेको र दूतावासको सम्पर्कमा आएको पनि मगरले बताए।