गैरआवासीय नेपाली संघ (एनअारएन) नाइजेरियाले भारतको केरलाका बाढी पीडितलाई ७५ हजार रकम सहयोग गरेको छ।
नाइजेरियाको लेगोसस्थित केरला समाजलाई मुख्यमन्त्री राहत कोष, केरलामा जम्मा हुने गरी नाइजेरियन दुई लाख पचास हजार अर्थात नेपाली ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो।
संघका नाइजेरिया अध्यक्ष जनक बिष्ट, एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा केरला समाज नाइजेरियाका अध्यक्षलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा एनआरएनए नाइजेरियाका कोषाध्यक्ष रोहित भांगर, अफ्रिका क्षेत्रिय महिला संयोजक मन थापा, सदस्यहरु आशा श्रेष्ठ सरकार र कृति अग्रवालको उपस्थिति थियो।