मलेसियामा एक नेपालीको मृत्यु भएको छ। सडक दुर्घटनामा परी बझाङ्गको केदारस्युँ गाउँपालिका–५ बाँझका ३० वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको हो।
कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा शुक्रबार बिहान स्थानीय अस्पतालमा मृत्यु भएको बताइएको छ।
उनी सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत रहेकाे नेपाली दूतावासल जनाएको छ। बाेहाेराको शव नेपाल ल्याउने तयारी थालिएको छ।