गैरआवासीय नेपाली संघ नाइजेरियाले नाइजेरियाको लेगोसमा आयोजनामा गरेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।
रोटरी क्लब लेगोस र महारास्ट्र मण्डल नाइजेरियासङ्गको संयुक्त अायाेजनामा अाइतबार भएकाे उक्त रक्तदान कार्यक्रममा संघका अध्यक्ष जनक बिष्ट,उपाध्यक्ष बिरेन्द्र गुप्ता, महासचिव रोशन थापा, कोषाधक्षय रोहित भाङ्गर, सचिव अभिषेक सिंह, प्रकाश अर्याल, आस्मा खडका, भरत रिजाल, सुकमल सरकार, चन्द्र घिमिरे, शंकर बर्मा, सागर सिंह, सन्दीप रावत र भिम थापा गरी ८३ जनाले रक्तदान गरेका थिए।
नाइजेरियामा संघले आयोजना गरेको यो पहिलाे रक्दान कार्यक्रम हो। यसअघि मलाबी, गान्डा लगाएत अन्य अफ्रिकन मुलुकमा एनआरएनएले रक्तदान कार्यक्रम आयोजना गरिसकेको संघका अन्तर्राष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।