कुवेतमा बस दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ। दुर्घटनामा कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुपमा कार्यरत खोटाङका ३२ वर्षीय पासाङ दोर्जे शेर्पाको मृत्यु भएको हाे।
आइतबार राति कार्यस्थलमा जाने क्रममा बस दुर्घटना हुँदा शेर्पासँगै एक भारतीय नागरिकको मृत्यु भएको र केही नेपाली कामदार घाइते भएकको नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले जानकारी दिए।
उनका अनुसार बस दुर्घटनामा खोटाङका राहदानी नम्बर ०८००७२४ का पासाङ दोर्जे शेर्पाको मृत्यु भएको हाे।
मृतकको शवलाई आवश्यक प्रक्रियाका लागि फर्वानिया अस्पातलमा राखिएको छ। शव नेपाल पठाउन कानुनी लगायतका प्रक्रिया सुरु गरिएको बताइएको छ।