कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ वर्षीय पेसलमाया राईको हत्या भएको छ। कुवेती स्पोन्सर(साहु)को छोराले छुरा प्रहार गरी हत्या गरेको जनाइएको छ।
राहदानी नं. ०६५५६१९६ र नेपाली नागरिकता नं.२४८० सुनसरी रहेकी पेसल माया राइको ३ अगस्ट२०१८, शुक्रबारका दिन आफुले काम गर्ने घरमा साहुकै छोराले छुरा प्रहार गरी हत्या गरेका थिए। हत्यामा संलग्न कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ।
नेपाली दूताबास कुवेतका द्वितीय सचिब ज्ञान बहादुर मगरले भने ‘मृतकको आफन्त अनी घर परिवारसंग संपर्क पनि हुन नसक्दा शब पठाउन र अन्य कानूनी प्रकृया शुरु गर्न सकिएका छैनौं। मगरले थपे“आफ्नै कुवेती मालिकको छोराबाट छुरी प्रहार गरी पेसल माया राइको हत्या भएको प्रमाणित भईसकेको छ भने हत्या गर्ने मालिकको छोरो हाल कुवेतको जेलमा छन।
मृतक पेसल माया राइको परिवार वा आफन्तहरु कसैसंग पनि संपर्क हुन नसकेको हुँदा शब पठाउने तथा मृतकको परिवारले पाउने क्षतिपुर्ती लगाएत अन्य कानुनी प्रकृया शुरु हुन सकेको छैन। मृतक पेसलमाया राई बिस २०७० भदौ ४ गते ब्यक्तिगत भिसामा कुवेतका लागि घरेलु महिला कामदारका निमित श्रम स्वीकृती लिएर कुवेत आएको रेकर्डमा देखिएको छ।
राहदानी जारी मिती २७जुन, २०१३सुनसरी र जन्म मिति १९७३ नोभेम्बेर १२ रहेकी पेसल माया राइलाई चिन्नु हुनेले उनको परिवार वा आफन्तहरु सम्म यो सुचना प्रबाह गरिदिन अनुरोध गर्दै नेपाली दुताबास कुवेतको हटलाइन नं ००९६५ ९८८६९१२१ मा सम्पर्क गरिदिन पनि नेपाली दूतावास कुवेतले आग्रह गरेको छ।