रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर ७ धनुषाका ४१ वर्षीय श्रीनारायण दास तात्माको हृदयघातको कारण मृत्यु भएको छ।
गत आइतबार बिहान ब्लड प्रेसर बढेपछि अस्पातल पुयाइएका श्रीनारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्यु भएको हो। राहदानी नम्बर १०५८७४३८ का श्रीनारायण चार महिनाअघि कुवेतको अल टेक्निया फर्निचर कम्पनीमा काठको काम गर्ने(कार्पेन्टर)का रुपमा चार महिना पहिला मात्र कुवेत आएका थिए।
नेपाली दूताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनका अनुसार श्रीनारायणका भाइ पनि कुवेतमै छन् । कानुनी प्रकृया पुरा गरेर मृतकको शब छिट्टै नेपाल पठाउन नेपाली दुताबासले काम गरिरहेको छ। मृतक तात्माका श्रीमती, तीन छोरा र एक छोरी छन्।