धूमपानले पुरुषको तुलनामा महिलाको स्वास्थ्यमा धेरै असर गर्ने एक अध्ययनले देखाएको छ ।
धूमपानले महिलामा गर्भपतनसँगै विभिन्न समस्या उत्पन्न गराउँछ । उनीहरुमा बाँझोपनको समस्या पनि हुन सक्ने अध्ययनको निस्कर्ष छ ।
गर्भावस्थामा गरिएको धूमपानले भ्रुणको विकासमा अवरोध आउँछ भने मानसिक असर पनि देखिन थाल्छ । सँगै बच्चाको प्रजनन् क्षमतामा ह्रास आउँछ । यस्तै धूमपानको लत लागेका गर्भवतीबाट जन्मिएका बच्चा कुपोषणको सिकार हुने पक्का छ ।
धूमपानको लत लागेका महिलामा फोक्सो क्यान्सर, मिर्गौला बिग्रने जोखिम धेरै हुन्छ । धूमपान धेरै गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढी हुन्छ यसले अक्सिजनको मात्रा कम हुँदै जाँदा श्वासप्रश्वासमा समस्या आउँछ । धेरै धूमपान गर्ने महिलाहरुको डिप्रेसनको सिकार भई उमेर अगावै मृत्युवरण हुन सक्छ ।