विशेषगरी याे जाडो माैसममा छाला सुख्खा हुने, फुट्ने लगायत विभिन्न समस्या हुन्छन्।चायाँपोतोको समस्याले पनि जाडो समयमा नै बढी सताउने गर्दछ । यसर्थ छालालाई सफा र स्वस्थ राख्नु अत्यावश्यक छ । यसका लागि दैनिक रुपमा अनुहारको सरफाइ र सुरक्षामा बिशेष ध्यान दिनुपर्छ । राम्ररी ख्याल राख्ने हो भने चिसोमा पनि छालालाई नरम र मुलायम राख्न सकिन्छ।
यसैगरी, चिसाे माैसममा कपालमा चांया पर्ने, कपाल रुखो र सुख्खा हुने लगायतका समस्या देखिन्छन । गुणस्तरीय ब्राण्डको हेयर स्याम्पुको प्रयोग , प्रशस्त मात्रामा पानी पिउनु र तातो पानीले कपाल ननुहाउनु यसबाट बच्ने उत्तम उपाय हुन ।
प्रस्तुत छ सौन्दर्यविद तथा कर्पोरेट ग्रुमरका मञ्जु कार्की पाण्डेसँगकाे कुराकानी:
जाडोयाममा छालामा कस्ता समस्या देखापर्छन ?
यो मौसममा छाला अत्यन्तै सुख्खा हुने, फुट्ने, खस्रो र रातो, चिलाउने, बिबिरा देखा पर्ने लगायतका समस्याहरु मुख्य हुन ।
के कारणले यस्ता समस्या आउने गर्छन ?
कुन चीजका कारण छाला सुक्खा भएको हो सो को पहिचान गर्नुपर्छ । प्रयोग गरिरहेको सौन्दर्य सामाग्री, खानपान, सरसफाई या अन्य जुनसुकै कारणले पनि छाला सुख्खा हुने गर्छ । बढी मात्रामा स्कुटर या मोटरबाईकमा सवार गर्दा अथवा लामो समयसम्म घाम ताप्दा पनि छालामा असर पर्छ ।
स्किन केयर कसरी गर्ने ?
छालाको स्याहार तथा सुरक्षाका लागी प्रमुख कुरा त खानपान, सरसफाइ र गुणस्तरीय प्रसाधन नै हुन । छालालाई सुन्दर, चम्किलो र मुलायम राखिराख्न प्रशस्त पानी पिउने, सागपात र फलफुलको मात्रा बढाउने, झोलयुक्त खानेकुरा खानु प्रभावकारी हुन्छ । यस बाहेक गुणस्तरीय सौन्दर्य प्रसाधनको प्रयोगद्धारा पनि छालाको सुरक्षा र हेरविचार गर्न सकिन्छ ।
‘डेली स्किन’ केयर रुटिन भनेकाे के हाे?
बिहान घरबाट निस्किनु अघि र बेलुका सुत्नुअघि गरिने छालाको सरसफाइको प्रक्रियालाई स्किन केयर रुटिन भनिन्छ । बिहान सफा पानीले अनुहार धोइ सिरम, मोइश्चराइजर र सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्दछ । जाडोयाममा घाम नलाग्ने हुनाले सनवर्न हुदैन भन्ने हामी सोच्छौं तर बाहिर घाम नदेखिए पनि अल्ट्रा भ्वाइलेट किरणहरु हाम्रो छालामा परिरहेकै हुन्छन तसर्थ घरभित्रै बस्दा पनि सनब्लक प्रयोग गर्नु प्रभावकारी हुन्छ ।
यसका अलावा राती सुत्नुअघि गुणस्तरीय ब्राण्डको क्लिन्जिङ मिल्कले अनुहार सफा गरेर सबैभन्दा पहिले टोनर त्यसपछि क्रमशः सिरम, मोइश्चराइजर लगाइसकेपछि नाइट क्रिम लगाउंदा छाला सुरक्षित मात्रै रहंदैन, चमकदार पनि हुन्छ । ज्यादै सुख्खा छाला भएको खण्डमा क्लिनजिङको सट्टा दुधको तर, नरिवल या ओलिभ ओयलले पनि अनुहार सफा गर्न सकिन्छ ।
छालालाइ चम्किलो, मुलायम र तरोताजा राख्ने अन्य घरेलु उपाय पनि छन कि ?
छालालाई सफा र स्वस्थ राख्नु अत्यावश्यक छ । यसका लागी दैनिक रुपमा अनुहारको सरफाइ र सुरक्षामा बिशेष ध्यान दिनुपर्छ । बिहान उठ्ने बित्तिक्कै मनतातो पानीले अनुहार धुंदा तैलिय छालाका लागी उपयुक्त हुन्छ । यदि सुख्खा छाला छ भने सादा चिसो पानी, दुध या ओलिय ओयलले मसाज गर्न सकिन्छ । दिनहु“ स्क्रब गर्नु हुदैन यसले छालालाइ झन सुख्खा बनाइ एलर्जीको समस्या निम्त्याउन सक्छ । बेसन, मह र दुधको तर मिसाइएको प्याक हप्तामा एक पटक लगाउंदा छाला नरम र सुन्दर हुन्छ । भान्छामा प्रयोग हुने आलु, गोलभेंडा, कांक्रोको प्याक बनाएर पनि अनुहारमा लगाउन सकिन्छ ।
चिसो मौसममा कपालको स्याहार कसरी गर्ने ?
यो मौसममा कपालमा चांया पर्ने, कपाल रुखो र सुख्खा हुने लगायतका समस्या देखिन्छन । कपाललाइ मुलायम र चम्किलो बनाउन हप्तामा एक पटक मेथी वा अण्डाको सेतो भागको हेयर प्याक लगाउन सकिन्छ । साथै गुणस्तरीय ब्राण्डको हेयर ट्रिटमेन्ट क्रिम र स्याम्पुको प्रयोगले पनि कपाललाई आकर्षक देखाउन सकिन्छ । हेयर ड्रायरको प्रयोग कम गर्नु, प्रशस्त मात्रामा पानी पिउनु, तातो पानीले कपाल ननुहाउनु यसबाट बच्ने उत्तम उपाय हुन् ।